मलंगवा नगरपालिका-२ स्थित श्री पब्लिक माध्यमिक विद्यालयका शिक्षक ३६ वर्षीय राम भरोस भनिने प्रविण पासवानलाई ०८२ जेठ १४ गते विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य सोही वडाका ३५ वर्षीय उपेन्द्र राय यादवले कुटपिट गरेको आरोपमा पीडित शिक्षकले जिल्ला प्रहरी कार्यालय मलंगवामा जेठ १६ गते उजुरी दिनु भएको छ ।
विद्यालय अनुगमन गर्न पुगेका आरोपित यादवले कक्षा कोठामा पठन-पाठन भैरहेको छ वा छैन भनि बुझ्न भित्र प्रवेश गरी पीडित शिक्षकमाथि ढिलो आएको भनि आरोप लगाई किन ढिलो आएको भन्दै कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको अगाडि कुटपिट गरेको पीडित शिक्षकले बताउनु भयो ।
कुटपिटबाट घाइते भएका पीडित शिक्षकको उपचार प्रादेशिक अस्पताल मलंगवामा जेठ १५ गते भयो ।
उजुरी पश्चात आरोपित यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर बालिस्टर सिंहले जानकारी दिनु भयो ।