INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

कविलासी नगरपालिका-१० सलेमपुरकी ४४ वर्षीया रंजीता कुमारी महतोलाई सोही ठाउँका ३७ वर्षीय कुवेर कुमार महतो र २५ वर्षीय सोहन कुमार यादवले ‘बोक्सी’ आरोपमा कुटपिट गरेको भन्दै पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ जेठ ११ गते उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपितहरूले जेठ ४ गते ‘कथित बोक्सी’ को आरोपमा गालिगलौज र कुटपिट गरेको पीडित महिलाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य उपचार जेठ ४ गतेदेखि ६ गतेसम्म प्रादेशिक अस्पताल मलंगवामा भएको बताउनु हुँदै घाउजाँच पुनः जेठ ११ गते भएको पीडित पक्षले जानकारी दिनु भयो ।

उजुरी पछि आरोपित कुवेर कुमार महतोलाई जेठ १३ गते गिरफ्तार गरी जेठ १४ गते जिल्ला अदालतबाट एक हप्ताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालिस्टर सिंहले जानकारी दिनु भयो । साथै अर्का आरोपित फरार रहेको इन्स्पेक्टर सिंहले बताउनु भयो ।

अन्य

भिडियो