१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय मनोज रानालाई ०८२ जेठ १३ गते १२ वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिवाना र १ लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार चेतराज पन्तले बताउनु भयो ।
पीडित बालिकालाई ०८० फागुन २३ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत, कैलालीले चैत २१ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० फागुन २४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।