INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सन्धिखर्क नगरालिका-५, बलेबाङका २९ वर्षीय रामबहादुर कुमाललाई जिल्ला अदालतले सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८२ जेठ ११ गतेको इजलासले सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र १२ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नायब शुब्वा सष बहादुर पुनले बताउनु भयो ।

आरोपितले ०८० असार ३१ गते पीडित महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले कुमाललाई साउन २ गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०८० साउन २ गते अर्घाखाँची अस्पतालमा भएको थियो ।

अन्य

भिडियो