INSEC Online

📅 २०८३ जेष्ठ २१

एकै परिवारका दुई बालबालिकाको हत्या

भरतपुर महानगरपालिका–२५ शुक्रनगरकी ७ वर्षीया प्रभा र ५ वर्षीय साजन गिरीको ०८२ जेठ २ गते बिहान १० बजे हत्या भएको छ ।

प्रभाकै बुबा ४२ वर्षीय लिलाराज गिरीले धारिलो हतियार प्रहरा गरी गम्भीर घाइते भएका आप्नो छोरी प्रभा र दाजुका छोरा साजनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता डिएसपी रविन्द्र खनालले बताउनुभयो ।

अन्य

भिडियो