INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका फरार आरोपित गिरफ्तार 

जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनामा संलगन रहेका फरार आरोपित सोही ठाउँका ४० वर्षीय रामदहीन महतोलाई प्रहरीले ०८२ वैशाख २३ गते गिरफ्तार गरेको छ ।

आरोपित महतोलाई भारतको बिसौलमा लुकिछुपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

पीडित पक्षका अनुसार ०८१ चैत २ गते होली पर्वको दिन टिसर्टको विषयमा विवाद हुँदा अंशु यादवलाई छुरा प्रहार गरी हत्या गरेको थियो ।घटनामा संलग्न एक जना आरोपिलाई चैत १७ गते गिरफ्तार गरेको भए तापनि उनलाई सहयोग गर्ने सोही ठाउँका रामदहीन महतो, राकेश महतो, लक्षण महतो, प्रमोद महतो, अशोक महतो र बौएलाल महतो फरार थिए । फरार आरोपिहरूको गिरफ्तारीको माग गर्दै पीडित परीवार र स्थानीयहरूले ०८१ चैत १७ गते जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध गरी आन्दोलन गरेका थिए । पीडित परीवारले आरोपितहरूविरुद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, मधेस प्रदेश र मानव अधिकारकर्मि तथा पत्रकारहरूकाे टोलिले चैत २० गते घटनास्थल पुगि घटनाको अनुगमन गर्नुका साथै पीडित परीवार र स्थानीहरूसँग भेटघाट गरी घटनाको जानकारी लिएका थिए ।

अन्य

भिडियो