INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीष बालकलाई आठ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश चन्द्र अधिकारीको वैशाख २१ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई आठ वर्ष कैद सजाय, ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ ३३ पैसा जरिबाना, ४० हजार रुपियाँ क्षतिपूर्ति र १३ हजार ३ सय ३३ रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

पीडितलाई ०८० फागुन २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २७ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण फागुन २६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई फागुन २७ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो