अपाङ्गता हुनुभएकी १९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले विनयी त्रिवेणी गाउँपालिका–१ का ६२ वर्षीय सुकबहादुर विकलाई ७ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश प्रकाश कोइरालाको ०८२ वैशाख २२ गतेको इजलासले कसुर ठहर गर्दै ७ वर्ष ६ महिना कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताउनु भयो ।
आरोपितले महिलालाई ०८० फागुन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई फागुन १८ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते जिल्ला अस्पतालमा भएको थियो ।