INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा तनहँु जिल्ला बन्दिपुर नगरपालिका– १ घर भई ललितपुर महानगरपालिका–११ वंगलामुखी बस्ने ४० वर्षीय गोकुल सुनारलाई प्रहरीले ०८२ वैशाख २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई वैशाख ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले वैशाख १२ गते जिल्ला प्रहरी परिसर जावलाखेलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते पाटन अस्पतालमा गरिएको छ ।

आरोपित विरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो