INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा बिरामी चेकजाच !

हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छ«े बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरेको हो ।

photo20250501darchula (2)

सामाजिक सुरक्षा रकम वडामै पुगेर वितरण गरेपछि सेवाग्राही खुसी भएका छन् । गउाँपालिका भित्रका ४ सय ५५ जना लाभग्राहीलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको आइएमएस अपरेट लोकेन्द्रसिह धामीले जानकारी दिनुभयो । तेसो चौमासिकमा कुल ६२ लाख २२ हजार ६ सय रुपियाँ वितरण गरिएको छ ।

photo20250501darchula (1)

भौगोलिक रुपमा विकटता तथा अन्य विविध कारणले गाउँपालिकाबाट प्रदान गरिने सेवाहरुमा नागरिकको पहुँच सुनिश्चिता गर्ने उद्देश्यअनुरुप वडातहमै एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको धामीले बताउनु भयो ।

वैशाख १० गतेदेखि सञ्चालन भएको शिविरमा गाउँपालिकाभरिका २ हजार ६ सय ९५ जना सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको छ । गाउँपालिकाको पशु शाखामार्फत वडातहमै पुगेर ३ हजार १ सय २६ जनालाई औषधी वितरण तथा परामर्श सेवा प्रदान गरिएको छ ।

photo20250501darchula (7)

यसैगरी स्वास्थ्य कार्यालय, दार्चुलाको सहकार्यमा सञ्चालित एआइजडित एक्सरे सेवाबाट १ सय ६५ जनाले सेवा लिएका छन् । गाउँपालकाभरिका १७ जनाको क्षयरोग सम्बन्धी नमूना परीक्षण गरिएको छ ।

नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवाप्रदान गरिने उद्देश्यले वडातहमै पुगेर एकीकृत स्वास्थ्य सेवा प्रदान गएिको गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिनुभयो । गाउँपालिकाले विगतदेखि नै नियमित रूपमा वडा तहमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायत स्वास्थ्य सेवा, किसान सूचीकरण सेवा लगायतका एकीकृत सेवा दिदै आएको उहाँले बताउनु भयो ।

photo20250501darchula (3)

photo20250501darchula (4)

photo20250501darchula (5)

photo20250501darchula (6)

 

अन्य

भिडियो