INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

जलजला गाउँपालिका– ३ पर्वत बेनी घर भई बेनी नगरपालिका– ७ मंगलाघाट बस्ने २७ वर्षीया भगवती बिकको हत्या गरेको आरोपमा पति राजु बिकलाई प्रहरीले ०८२ वैशाख १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नीलाई वैशाख १६ गते बिहान दाउरा प्रहार गरी हत्या गरेका थिए । प्रहरीले आरोपितलाई बेनी नगरपालिका–२ ज्यामरुककोटको जंगलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले बताउनु भयो ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बेनीको सवगृहमा राखिएको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो ।

अन्य

भिडियो