INSEC Online

📅 २०८३ जेष्ठ २१

अदानचुली गाउँपालिकामा बाढी पसेपछि सेवा प्रवाहमा समस्या

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा बाढी पहिरोले क्षेति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । वैशाख ४ गतेदेखि नियमित रूपमा माथिबाट आएको बाढी पहिरो उक्त गाउँपालिकाको कार्यालयभित्रै पसेपछि सेवा प्रवाहमा समस्या भएको हो ।

उक्त अविरलसँगै माथिबाट आएको बाढी पहिरोले गाउँपालिका बन्द भएपछि सेवा प्रवाहमा समस्या भएको गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो । उहाँका अनुसार पहिरो कार्यालयमा पस्दा आवश्यक कागजात र उपकरणमा क्षति पुगेपछि पाँचदिनदेखि कार्यालय बन्द हुनुका साथै सम्पूर्ण सेवा समेत बन्द भएको छ । कार्यालयको तल्लो तलामा रहेको सात ओटा फाँटमा पहिरोले क्षति पुर्‍याएका कारण कामकाज रोक्नु परेको उहाँको भनाइ छ । कोठामा पसेको भलबाट सबैभन्दा बढी पञ्जिकरण शाखामा रहेका कम्प्युटरमा क्षेति पुगेका कारण शाखाले सूचना निकालेर सबै काम गर्न नसकिने जनाएको छ ।

कम्प्युटर मर्मतपछि मात्र त्यसले काम गर्ने वा नगर्ने भन्न नसकिने अवस्था रहेको अध्यक्ष सिंहले बताउनु भयो । त्यसैगरी अन्य शाखाका कोठामा पनि भल छिरेर आवश्यक कागजात र सामानहरू भिजेको कारण काम गर्न नसकिने अवस्था रहेको छ । त्यस्तै पहिरोले २५ जनाका घरका कोठा, पसल, जस्तापाताले छापेका टहरामा क्षति पुर्‍याएको थियो भने बाख्रा राखेको गोठमा पस्दा २७ ओटा बाख्रा मरेका थिए । साथै २५ बाख्रा अझै पनि बेपता रहेको डिएसपी शंकर पोखरेलले बताउनु भयो ।

त्यस्तै अदानचुली गाउँपालिका–२ स्थित धर्मोदय माध्यामिक विद्यालयका चार ओटा भवनमा पस्दा क्षेति पुगेको छ भने विद्यालयको जिन्सी कोठामा पनि क्षति पुगेको छ । घटनापछि अदानचुली गाउँपालिकाले एक विज्ञप्ति निकालेर क्षति प्रभावितको उद्धार, राहात र पुनर्निर्माणको कामलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।

Photo24042025Humla

अन्य

भिडियो