धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
घाँस दाऊरा गर्न गएका स्थानीयले ०८१ चैत २५ गते अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका-१ माइती भइ सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगडामा बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।
चुनकुमारीका भाइ लीलबहादुर दाहालले ०८१ चैत २८ गते शवको सनाखत गरेको डिएसपी खतिवडाले बताउनु भयो ।
शवको पोष्टमार्टम बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान, घोपामा चैत २९ गर्ने तयारी गरिएको छ ।
धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा ०८१ चैत २५ गते वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि गोठालाहरुले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेसा लगाएर शव छाडेजस्तो देखिएको प्रहरीले जनाएको छ । मृत महिलाको कम्मरमुनिको कपडा नभएकाले बलात्कारपछि हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।