१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले चैत ११ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ११ गते प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको छ ।