INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गेरुवा गाउँपालिका–५, बिन्द्राका १८ वर्षीय विकास थारुलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ फागनु २७ गतेको इजालसले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०८१ भदौ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो । घटनाका आरोपितलाई प्रहरीले भदौ २५ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ २५ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो । बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ असोज १३ गते आर्थिक सहयोग गरेको थियो । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।

अन्य

भिडियो