INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा बम कुमारीलाई नागरिकता प्राप्त

झापा जिल्लाको सुन्दर हरैँचा नगरपालिका-१२ बस्ने ५२ वर्षीय सुकबीर लामासँग ०६० फागुन १६ गते विवाह भइ ०६१ फागुन १६ गते छोरी रोजी लामाको जन्मपश्चात पति सम्पर्क विहिन भएपछि जिल्ला अदालतको आदेशले छोरीको नाता प्रमाणित र जन्मदर्ता बनाएर ०८१ फागुन २३ नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।

झापा जिल्ला सुन्दरहरैँचा नगरपालिका-१२ बस्ने ५२ वर्षीय सुकबीर लामा नेपालगञ्ज उपमहानगरपालिका-१२ मा डेरा गरी बस्दा अविवाहित भएको र ४१ वर्षीया बम कुमारी शाहसँग ०६० फागुन १६ गते विवाह भइ छोरीको जन्मपश्चात सम्पर्क विहिन भएकोपछि इन्सेक लुम्बिनी प्रदेश कार्यालयमा ०७९ असोज ६ गते न्याय पाउँ भनि निवेदन दिनुभएको थियो । इन्सेकले उहाँलाई ०७९ असोज ७ गते न्यायमा पहुँचका लागि आर्थिक तथा कानुनी सहयोग गरेको थियो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जले वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठलाई ०७९ मङ्सिर १९ गते बाँके जिल्ला अदालतमा बम कुमारी शाहको संरक्षक भइ जिल्ला अदालत, बाँकेमा मुद्दा दर्ता गर्न सहयोग गरेको थियो । झापा जिल्लाको विर्तामोड नगरपालिका-१० घर भइ हाल सुन्दर हरैँचा नगरपालिका-१२ बस्ने ५२ वर्षीय सुकबीर लामा, एकासगोल बस्ने पहिलो पत्नी ४६ वर्षीया लक्ष्मी माया श्रेष्ठ र १६ वर्षीया स्नेही लामा समेतलाई विपक्षी बनाइ मुद्दा दर्ता गर्नुभएको थियो ।

सोही अनुसार जिल्ला अदालतको आदेशमा ०८१ फागुन २३ गते छोरी रोजिना थापाको नाम प्रमाणित, जन्मदर्ता र नागरिकता प्राप्त भएको बम कुमारी शाहको भनाइ छ ।

अन्य

भिडियो