व्यास नपा–९ कुमालगाउँकी ६६ वर्षीया विष्णुमाया कुमालको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय शिवशंकर भन्ने शंकर परियारलाई ०८१ फागुन २१ गते गिरफ्तार गरेको छ । परियारले फागुन २१ गते बिहान बन्चरो प्रहार गरी विष्णुमायाको हत्या गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताउनु भयो ।
आफ्नै घर अगाडिको खाली जग्गामा विष्णुमायाको शव भेटिएको थियो । घटनाको बारेमा स्थानीयबाट सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले कुमाललाई गिरफ्तार गरेको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।
शव पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको अधिकारीले बताउनु भयो । आरोपित कुमाललाई अनुसन्धानको लागि तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।