विदुर नगरपालिका–६ खम्बाक्याम्प स्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका ३६ वर्षीय माधवप्रसाद उपाध्यायको मृत्यु भएको छ ।
उपाध्यायलाई फागुन १३ गते शौचालयमा तन्नाले घाँटीमा पासो लगाई आत्महत्याको प्रयास गर्नेक्रममा फेलापारी उपचारको लागि त्रिशूली अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख नेत्र घिमिरेले जानकारी दिनुभयो ।
काभ्रेको पाँचखाल नगरपालिका–६ घर भएका उपाध्याय ललितपुरका नख्खु कारागारबाट सुरुवा भई दुई महिना अघि नुवाकोटमा ल्याइएका थिए ।
पत्नी र छोराको ०७८ असारमा हत्या गरेको कसुरमा काभ्रे जिल्ला अदालतबाट कसुरदार ठहर भई जन्मकैदको सजाय पाएका उपाध्याय सो सजाय भुक्तान गरिरहेका थिए ।
शवको त्रिशूली अस्पतालमा फागुन १४ गते पोष्टमार्टम गरेपछि जिल्ला प्रहरी कार्यालयले परिवारको जिम्मा लगाएको सूचना अधिकारी तथा इन्सपेक्टर कृष्ण बानियाँले जानकारी दिनुभयो ।