INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई वर्षदेखि तलब नपाउँदा कर्मचारीहरूलाई समस्या

अदानचुली गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले दुई वर्षदेखि तलब नपाउँदा समस्या भएको छ । गाउँपालिकाले हालसम्म ४० देखि ५० जनाभन्दा बढी कर्मचारीहरूको तलब नहालेपछि गाउँपालिकालाई ५ बुँदे माग पत्र पेश गरिएको छ ।

केही दिन अगाडी करार कर्मचारी तथा स्वास्थ्यकर्मी संगठन गठन गरी गाउँपालिकालाई फागुन ८ गते ५ बुँदे माग पत्र पेश गरिएको हो । अदानचुली गाउँपालिका स्थानिय सरकारको निति तथा निर्देशनमा रही गाउँपालिकामा रहेका करार दरबन्दीका स्वास्थ्यकर्मीहरुले पालिका भित्रका ९ वटा स्वास्थ्य संस्था र अन्य करार कर्मचारीहरुले पालिका भित्रका शाखाहरु मर्फत बिगत दुई/तीन वर्ष देखि दिन रात नभनी निरन्तर चौबिसै घण्टा सम्पूर्ण सेवाग्राहीहरूलाई सेवा दिनुका साथै पालिकालाई सहयोग प्रदान गरिरहेको माग पत्रमा भनिएको छ ।

यस्तै पालिकाले करार कर्मीचारीहरूलाई काम मात्र खटाएको तर दिनु पर्ने तलब सेवा सुबिधा डेढ दुई वर्ष देखि नदिएको र करार कर्मचारीका समस्याहरुलाई ख्याल नगरी बेवस्ता गरेको भन्दै पालिका समक्ष माग पत्र पेश गरिएको करार स्वास्थयकर्मी कर्मचारी संगठनका अध्यक्ष खड्क बहादुर ऐडीले गुनासो गर्नुभयो ।

पालिकामा भएका करार कर्मचारीहरुले तलब नखुवाएको भन्दै माग पत्र पेश गरेको यो दास्रो पटक भएको छ । गाउँपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष बुमीलाई माग पत्र पेश गरिएको हो । उक्त माग पत्रमा करार दरबन्दीमा रहेका कर्मचारीहरुलाई एक हप्ता भित्रको सम्पुर्ण तलब रकम एकमुष्ट उपलब्ध गर्नु पर्ने भनिएको छ ।

करार सम्झौता म्याद तुरुन्त थप गर्नु पर्ने वा कर्मचारीहरुलाई सोही मितिबाट काम काज नगर्न निर्देशन दिनु पर्ने, सम्पुर्ण बिरामी, सेवाग्राहीहरुलाई दिइने स्वास्थ्य सेवा प्रति गम्भिरताका साथ पालिकाको ध्यान केन्द्रित हुनु पर्ने, करार कर्मचारीहरुको उचित ब्याबस्था गरी प्रभाबकारी जनसेवा प्रदान गर्नु पर्ने, र सम्पुर्ण स्वास्थ्यकर्मी तथा करार कर्मचारीहरुलाई नेपाल सरकारको स्केल अनुसारको तलब उपलब्ध गराउनु पर्ने माग राखिएको छ ।

पालिकालाई बुझाएका मागहरू एक हप्ता भित्र पुरा नभएमा सशक्त आन्दोलन गर्न बाध्य हुने र जसबाट पर्न जाने सम्पूर्ण असर तथा क्षेतीको जबाफदेही गाउँपालिका स्वयम् हुने समेत अध्यक्ष ऐडीले बताउनु भयो । उक्त विषयमा प्रमुख प्रशासकीय अधिकृत सन्तोष बुमीले दुई वर्षदेखि कर्मचारीले तलब नपाएको स्वीकार गर्दै माथिबाट राजस्व नआएको र रकम अपुग भएका कारण तलब नहालेको बताउनु भयो । उहाँले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिल्ला बाहिर रहेको र अवको केही दिनमै उहाँह पुगेपछि यसको छिनोफानो समेत गरिने बताउनु भयो ।

अन्य

भिडियो