INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद : इन्सेक प्रतिनिधि र रेडक्रसका प्रतिनिधिमाथि नो केवलकार समूहका कार्यकर्ताद्वारा आक्रमण

पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्दारका लागि गएका इन्सेक प्रतिनिधिसहित रेडक्रसका प्रतिनिधिलाई फागुन ८ गते नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।

फुङलिङ नगरपालिका-९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केवलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका महासचिव तथा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य कमल लिम्बु सवार गाडीमा तोडफोड गरेका छन् ।

आन्दोलनकारीले अधिकारकर्मी सवार मे १ ज २५७९ को गाडी तोडफोड गरेका छन् । तोडफोडबाट गाडीको सबै सिसामा क्षति पुगेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग भएको झडपमा घाइते भएकाहरूको उद्दारका लागि गएका अधिकारकर्मीहरु माथि नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेको इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीले बताउनु भयो ।

आन्दोलनकारीको आक्रमणबाट अधिकारकर्मीहरूले प्रयोग गरेको गाडीका सवारी चालक फुङलिङ नगरपालिका-९ का ३५ वर्षीय राजकुमार पौडेल सक्त घाइते हुनुभएको छ ।

पौडेलको उद्दार गरी थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको घटनास्थलमा रहनुभएकी इन्सेक प्रतिनिधि एलिना दियालीले बताउनु भयो ।

आन्दोलनकारीले फुङलिङ नगरपालिका-९ का ५० वर्षीय रेडक्रसका सभापति इन्द्र गुरुङ, सोही ठाउँका ३५ वर्षीय कमल लिम्बु, मिक्वाखोला गाउँपालिका-१ स्थायी घर भई फुङ्लिङ नगरपालिका-३ मा बस्दै आउनु भएकी इन्सेक प्रतिनिधि एलिना दियाली र फुङ्लिङ नगरपालिका-९ का ३५ वर्षीय राजकुमार पौडेल माथि नो केवलकार समूहका कार्यकर्ताले आक्रमण गरेका हुन ।

केवलकार निर्माणको विरोध गर्दै आएका मुकुम्लुङ संरक्षण समितिका कार्यकर्ता र सुरक्षाकर्मीबीच ०८१ फागुन ८ गते काफ्ले पार्टी क्षेत्रमा झडप भएको छ ।

झडपका क्रममा सशस्त्र प्रहरीका तीन जना घाइते हुनु भएको छ । घाइतेहरूको तत्काल उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको इन्सेक प्रतिनिधि एलिना दियालले बताउनु भयो ।

अधिकारकर्मीको टोलीले आन्दोलनरत पक्षका दुईजनालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको घटनास्थलमा रहनु भएकी इन्सेक प्रतिनिधिले जानकारी दिनु भएको छ ।

गाडीमा तोडफोड भएपछि काफ्लेपाटी क्षेत्रमा यातायात बन्द आह्वान गरिएको यातायात व्यवसायी स‌ंघका अध्यक्ष कुमार लिम्बूले बताउनु भएको छ ।

Photo 202502020 Taplejung (7)

Photo 202502020 Taplejung (8)

Photo 202502020 Taplejung (6)

Photo 202502020 Taplejung (5)

Photo 202502020 Taplejung (3)

Photo 202502020 Taplejung (4)

Photo 202502020 Taplejung (2)

Photo 202502020 Taplejung (1)

अन्य

भिडियो