INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिले दुर्व्यवहार गरेको आरोप

खाँदबारी नगरपालिका मेयर महेश थपलियाले आफूलाई खाँदबारी-९ का वडाध्यक्ष विमलराज गौतमले कार्यकक्षमा फागुन ४ गते दुर्व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

खाँदबारी नगरपालिका-९  का वडाध्यक्ष गौतमले कार्यकक्षमा थुनेर दुर्व्यवहार र गाली गलौच गरेको मेयर थपलियाले बताउनुभयो ।

मादक पदार्थ सेवन गरेका वडाध्यक्ष गौतमले नगरपालिकामा प्रवेश गरेका अपशब्द प्रयोग गर्दै मेयर थपलियालाई हातपात र दुर्व्यवहार गरेको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन् । वडाध्यक्ष गौतमले कर्मचारीलाई पनि गालीगलौज गरेको मेयर थपलियाले बताउनु भयो ।

मेयर र कर्मचारीलाई दुर्व्यवहार गर्ने गौतमले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो