पाँच वर्षीया बालिकालाई माघ १८ गते घरमा कोही नभएको अवस्थामा रोशी गाउँपालिका-९ का २० वर्षीय झिमे तामाङले बलात्कार गरेको भनी पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका छन् ।
पीडितका आफन्तले फागुन २ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी गरेका जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते धुलिखेल अस्पतालमा गरिएको छ । आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको डिएसपी घलेले बताउनु भयो ।