INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षिकालाई कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

बैत्यश्वर गाउँपालिका-६ की ४१ वर्षीया शिक्षिका उषा लामा तमाङलाई माघ २८ गते बैत्यश्वर मावि नजिक सडकमा नाङ्खो खुकुरी हातमा लिई कुटपिट गरेको आरोपमा भीमेश्वर नगरपालिका-५ घर भई बैत्यश्वर गाउँपालिका-६ बस्ने २९ वर्षीय सुन्दर अधिकारीविरुद्ध पीडित पक्षले दिएको उजुरी माघ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

वैत्यश्वर गाउँपालिका-६त्रिपुरा क्याम्पसमा अध्यापन सकेर घर फर्कने क्रममा पीडितलाई माघ २८ गते बिहान ९ बजे क्याम्पसको गेट नजिकै आरोपित अधिकारीले कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडितको उपचार माघ २९ गते पशुपति चौलागाई स्मृति अस्पताल, चारिकोटमा गरिएको र समान्य उपचार पछि पीडित घर फर्केको प्रहरीले जनायो ।

आरोपित हाल फरार रहेकाले खाजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दातारामा अधिकारीले बताउनु भयो । कुटपिट घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही र पीडितलाई न्याय दिनका लागि जिल्लाका शिक्षक सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर माग गरेका छन् ।

अन्य

भिडियो