छिपहरमाई गाउँपालिका-१ का १७ वर्षीय बालक अनिल यादवको हत्या गरेको आरोपमा सोही गाउँका २० वर्षीय अनिष यादव, २२ वर्षीय शैलेश यादव, १८ वर्षीया उज्वला भनिने मृता कुमारी यादव र वीरगञ्ज महानगरपालिका-२८ का १९ वर्षीय राकेश महत्तोलाई ०८१ माघ १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
प्रेमिका भेट्न पुगेका अनिल यादवलाई माघ १३ गते आरोपितहरूले कुटपिट गरी हत्या गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा आरोपितहरूविरुद्ध माघ १५ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।
लुकेर बसेको अवस्थामा आरोपितहरूलाई गिरफ्तार गरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको डिएसपी सुवाश भट्टले जानकारी दिनुभयो ।
शवको पोस्टमार्टम नारायणी अस्पतालमा माघ १३ गते गरी सोही दिन परिवारलाई बुझाएको प्रहरिले जानकारि गराएको छ ।