सैनामैना नगरपालिका–१ स्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यामिक विधालयका शिक्षक कमल भण्डारीले कक्षा ६ मा अध्ययनरत १६ वर्षीय छात्र सौगात थारुलाई झापट हानी कानको जालीमा समस्या देखिएको छ ।
सैनामैना नपा–१ चेथरी छात्र थारुलाई किन बाहिर गएको हो भन्दै झापट हान्दा बालकको कानमा समस्या भएको हो । माघ ९ गते अध्ययनका लागी विद्यालय गएका चौधरीलाई कम्प्यूटर शिक्षक कमल भण्डारीले पढेर नबसेर किन बाहिर गएको भनी कुटपिट गरेको पीडित बालकका दाजु प्रदिप थारुले बताउनु भयो ।
विधालयका कम्युटर शिक्षक भण्डारीको कुटाईबाट बालक सौगातको दाइने कानमा समस्या भएको छ पीडित बालकका दाजु प्रदिप थारुका अनुसार “डाक्टरले एक महिनाको औषधी दिएको र निको नभए अपरेशन गर्नुपर्ने” बताएको इन्सेकसँगको कुराकानीमा बताउनु भयो ।
शिक्षक कमल भण्डारीले केही महिना अगाडी सोही विद्यालयका विधार्थीलाई कुटपिट गरेको भन्दै आधारमा विद्यालयले शिक्षक कमल भण्डारीलाई केही समयका लागी निलम्बन गरेर पुन अध्यापन गराईरहेका थिए । शिक्षक भण्डारीलाई सोहि विद्यालयमा अध्यापन गराउने अर्को शिक्षक नेत्रलाल ढकालले कुट्न आदेश दिएर कमल भण्डारीले पिटेको बालक सौगात थारुको आरोपले बताएका छन् । सो घटनालाई लिएर कुटाईखाने बालकका दाजु प्रदिप थारुले भाईलाई कुट्ने शिक्षकलाई कानुनी दायरामा ल्याउने भन्दै इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गीयामा निवेदन दिएको र घटना गम्भीर भएकाले यसको जिम्मा कुट्ने शिक्षक र विद्यालयले लिनुपर्ने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रन्यौराका इन्सपेक्टर आदित्यराज विष्टका अनुसार शिक्षकले बालकलाई कुटेर कानमा चोट लागेकोले न्याय पाउँ भनी निवेदन आएको र दुबै पक्षलाई बोलाएर घटनाको विषयमा बुझ्दा पहिला उपचार गरी आउँछौ त्यसपछि अगाडी बढाउँला भनेकाले मेडिकल रिर्पोटको आधारमा कानमा चोट भए शिक्षक विरुद्ध मुद्धा चलाईने बताउनुभयो । विद्यालयका प्राध्यानाध्यापक नेत्रलाल पुरीले घटना हुनु दुखद भएको भन्दै घटना हुँदा आफु विद्यालय बाहिरको कार्यक्रममा गएकोले घटनाका विषयमा सबै बुझेर घटनामा संलग्न भई गल्ती गरेको पाइएमा जोकोहीलाई कारवाही गर्न आफु तयार भएको बताउनु भयो । प्रअ पुरीले विद्यालयले विद्यार्थीहरुको मनोभावना अनुरुप पठनपाठन गराईरहेको बताउदै कुनै पनि शिक्षकले विद्यार्थीप्रति नकारात्मक गतिविधि गर्न नहुने भन्दै कुनै शिक्षकहरुको आचरण स्वभाव फरक फरक हुने भएकाले यस्ता घटनाहरु दोहोरिने भएकोले शिक्षकले आफ्नो पेशालाई वालमैत्री बनाउने र विद्यार्थीहरुले पनि आफ्नो कर्तव्य पालन गरेर अगाडी बढनुपर्ने बताउनु भयो ।
सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेल्बासेले विद्यार्थीलाई कुटपिट गरेको भन्ने विषय आफुले समाचार मार्फत जानकारी पाएको र सो विषयमा विद्यालयका प्राध्यानाध्यापक नेत्र पुरीसँग फोन मार्फत सोधपुछ गर्ने काम भएको र प्रअलाई आरोपित शिक्षकलाई लिएर कार्यालयमा बोलाएको बताउनुभयो । शाखा प्रमुख बेल्बासेले बालबालिकालाई यातना रहित अध्ययापन गराउने विषयमा पटक पटक विद्यालयहरुलाई भन्ने गरेको र तालिम तथा बैठकहरुमा पनि निर्देशन दिंदै आएको भन्दै आगामी दिनमा यस्ता घटनाहरु नदोहोरिनका लागि र पीडित बालकलाई न्यायको प्रत्याभूत गराउने गरि कसरी अगाडी बढन सकिन्छ सो विषयमा छलफल भैरहेको बताउनुभयो । घटनाका विषयमा नेपाली काग्रेस सैनामैना नगरपालिकाका नगरसभापति रण बहादुर खनालले बच्चा पिट्नु गलत भएको र बच्चालाई कुट्ने यातना दिने शिक्षक पटके भएकोले कानूनको दायरामा ल्याइ कारवाही गर्नुपर्ने बताउनु भयो ।
नेकपा एमाले तिलोत्तमा नगरपालिकाका नगर अध्यक्ष चेतनारायण न्यौपानेले वालबालिकालाई बालमैत्री वातावरणमा शिक्षण सिकाई गराउनुपर्ने उनीहरुका मनोविज्ञान बुझेर पढाउनुको सट्टा पटक पटक पटक यातना दिएका गुनासाहरु आउनु दुखद भएको र कलिला बालबालिकाहरुमाथि यस्तो खालका अत्याार गरी यातना दिने शिक्षक शिक्षकका लागि उपयुक्त नभएकोले यस्तो पेशालाई निरन्तरता दिनुको सट्टा अन्य पेशा रोज्नुपर्ने र गल्ती गर्नेमाथि कारवाही गरिनुपर्ने बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले कुनै पनि विद्यालयमा शारीरिक तथा मानसिक यातना दिने कुरा निरुत्साहित गर्न विद्यालयका प्रअहरुको बैठकमा, तालिम तथा छलफल र अन्तरक्रिया कार्यक्रममा राख्ने गरेको बताउदै यस्ता घटना पटक पटक घटनु दुख भएको बताउनुनुभयो । यो विषयमा संचार माध्यमबाट समान्यतया जानकारी भएको र विद्यालयलाई के कसो भएको भन्ने विषयमा बुझ्ने बताउदै विद्यार्थीमैत्री वातावरण तय गर्नुको सट्टा अहिलेको जमानामा यस्ता घटना घटनु राम्रो सन्देश नभएको भन्दै आगामी दिनमा यस्ता घटनाहरु नदोहोरिउन भन्नका लागि वालमैत्री वातावरण तय गर्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवालीले पछिल्लो समय विद्यालयमा बालिबालिकाहरुमाथि शिक्षाका नाममा हुने यातनाहरु धेरै खालले आइरहेकोले यस्ता घटनाहरुमा राज्य अलिक जवाफदेही बन्नुपर्ने बताउनुभयो । कलिला बालबालिकाहरुलाई बालमैत्री वातावरणमा शिक्षण सिकाई गर्नुपर्नेमा विभिन्न बहानामा याताना दिनु गलत अभ्यास भएको बताउदै यस्ता सवालहरुमा स्थानीय सरकार अलिक बढी संवेदनशिल, उत्तरदायी र जवाफदेहि बन्नुपर्ने बताउनुभयो । घटनाको विषयमा अयोगलाई पनि जानकारी भएकोले यस्ता विषयमा पिडितलाई न्याय दिन र घटनामामा संलग्नलाई कारवाही गर्नुपर्ने बताउनु भयो ।
आरोपित शिक्षक भण्डारीले गत साउन १८ गते पनि कक्षा ७ मा अध्ययनरत ११ वर्षीय छात्रा विधान खनाललाई निधात रुपमा कुटपिट गरेर चर्चामा आएका थिए । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–९ गोखुङ्गा स्थायी घरभई सैनामैना नपा–२ सरौली बस्ने ११ वर्षीय खनाललाई साउन १८ गते शिक्षक भण्डारीले ५४ जना विद्यार्थीको वीचमा कालो पाइपले कि आज तँ छैनस कि म छैन भन्दै निर्घात कुटपिट गरेर केही समय निलम्बनमा आगामी दिनमा यस्ता घटना नदोहोरयाउने सर्तमा पुर्नर बहाली गरिएको थियो ।शिक्षक भण्डारी विद्यालयको नीजि स्रोतबाट कम्प्यूटर शिक्षकमा २ वर्ष अगाडीदेखि अध्ययपन गराइरहनुभएको थियो । बाबालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसूरमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।