३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।
पीडित महिलाको उजुरीका आधारमा माघ ८ गते आरोपित बराललाई काठमाडौँबाट गिरफ्तार गरिएको एसपी अधिकारीले बताउनु भयो ।
पीडित महिलाले चितवनको मुग्लिन बजारबाट काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा इनड्राइभ राइडरले ह्वाट्सएपमा म्यासेज गरेर यौन उत्पीडन गरेको भन्दै पीडितले उजुरी गरेकी थिइन् ।
माघ २ गते राइडरले यौन उत्पीडन गरेको उजुरी परेसँगै इनड्राइभले बराललाई आफ्नो प्लेटफर्मबाट हटाएको जनाएको छ ।