INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

जिरी नगरपालिका–२ का ६१ बर्षीय होम्बा तमाङलाई पुस २८ गते हत्या गरेको आरोपमा सोही नगरपालिका–२ का ६६ वर्षीय धनबहादुर तामाङ, ६१ वर्षीया गङ्गामाया तामाङ र वडा नम्वर ४ को ५२ वर्षिय शान्ता जिरेललाई पुस २९ गते प्रहरीले गिरफ्तार गर्‍यो ।

घरमा एक्लै बस्दै आएका तामाङ पुस २८ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । मृतकका आफन्तले पुस २९ गते हत्या गरेको आशङ्कामा इलाका प्रहरी कार्यालय, जिरीमा हत्या गरेको उजुरी दिएका थिए ।

तामाङको हत्यामा उनीहरुको संलग्नता देखिएकाले तीनै जनालाई गिरफ्तार गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।

मृतकको लाश जिरी अस्पतालमा पोष्टमार्टम गरी पुस २९ गते परिवारलाई जिम्मा लगाइको छ ।

अन्य

भिडियो