INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फेदाप गाँउपालिका-२ का ५७ वर्षीय हरिबहादुर लिम्बूविरूद्ध पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व पुस २२ गते उजुरी दिएको इन्स्पेक्टर प्रमोद खड्काले  बताउनु भयो ।

पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २२ गते गरिएको छ ।

अन्य

भिडियो