INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई ०८१ वैशाख १० गते बलात्कार गरेको आरोपमा प्रहरीले जिरी नगरपालिका-७ का २८ वर्षीय रुद्रबहादुर जिरेललाई पुस २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले मौखिक उजुरी दिएपछि पुस २० गते आरोपितलाई गिरफ्तार गरेको र लिखित उजुरी पुस २१ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।

पीडित बालिका सुत्केरी भएकाले थप स्वास्थ्य परीक्षण हुन बाँकी रहेको छ ।

अन्य

भिडियो