१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय बालकलाई ४ वर्ष ६ महिना ७ दिन कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ पुस १४ गतेको इजालसले कसुर ठहर गर्दै ४ वर्ष ६ महिना ७ दिन कैद सजाय, १ लाख ७५ हजार रुपियाँ जरिबाना, २५ हजार रुपियाँ क्षतिपूर्ति र ७ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।
बालिकालाई ०८० जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३१ गते इलाका प्रहरी कार्यालय, बगनाहामा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई जेठ २१ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ ३१ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।