अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डीसीएको आयोजनामा काठमाडौँमा वातावरणीय मानव अधिकार रक्षकहरुको गठनन्धन र एकता बैठक पुस १२ गते सम्पन्न गरिएको छ ।
उक्त बैठकमा डीसीएका कार्यक्रम प्रमुख विमल घिमिरेले आफू आवद्ध संस्थाले मानव अधिकारसँग जोडिएर थुप्रै काम गर्दै आएको बताउनु भयो ।
वातावणीय अधिकार सञ्जालका संस्थापक श्यामकुमार श्रेष्ठका अनुसार वातावरणीय समस्या र जलवायु परिवर्तनका कुरा विश्वव्यापी भएकोले यसलाई आफूबाट न्युनीकरण गर्न सकिने छ ।
राजनीतिक दलका कारण अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् भएको भन्दै उहाँले दुः ख व्यक्त गर्नु भएको छ ।

नेपाल युथ काउन्सिलका संस्थापक सरोज बानियाँले स्थानीय तहले प्राकृतिक श्रोतलाई बचाउनुका साथै सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।
उहाँले कुनै राजनीतिक दलका व्यक्ति वा ठेकेदारले नदीजन्य पदार्थको अवैध निकासी रोक्न आग्रह समेत गर्नु भएको छ । सो कार्यलाई रोक्नमा युवाहरुले आवाज शसक्त गर्नु पर्नेमा बानियाँको जोड रहेको छ ।
फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा विद्यालयमा शिक्षा प्रदान गरिएको उहाँको भनाइ छ । परम्परागत कला, संस्कृति लगायतका सबै विषयलाई सकारात्मक रुपमा लिनु पर्ने पनि सरोज बानियाँले बताउनु भयो ।