INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

खार्पुनाथ गाउँपालिका–४, छिप्राका अपङ्गता भएका १४ वर्षीय बालक, २० वर्षीय उवजन परियार र ४० वर्षीया भिमला दमाईलाई कुटपिट गरी दलित भनेर घर निकाला गरेको आरोपमा सोही ठाउँका २० वर्षीय रामराज रावल, २१ वर्षीय विशाल रावल, २३ वर्षीय लोकेन्द्र रावल, २४ वर्षीय रामकृष्ण रावल, २७ वर्षीय प्रेम रावल, ३० वर्षीय सर्जन रावल र ४५ वर्षीय रामबहादुर रावल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ पुस १३ गते उजुरी दर्ता भएको छ ।

गाउँ नजिकै साना–साना बालबालिकाहरू फुटबल खेली रहेको समयमा पुस ११ गते दुवै पक्षका बालबालिकाहरूको विवाद भएपछि रावल पक्षका विशाल रावल र रामराज रावल आएर बालकलाई कुटपिट गरेको बालकका बुबा झानसिङ परियारले बताउनु भयो ।

उक्त विषयलाई लिएर पुनः पुस १२ गते बिहानको समयमा घरमा आएर ‘डुम’ भनेर अपशब्द बोल्दै उक्त परिवारलाई कुटपिट गरी घर निकाला गरेको झानसिङ दमाइले बताउनु भयो ।

घाइतेहरूको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेको जिल्ला अस्पतालका प्रमुख प्रतिक्षा भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको टाउको, घाँटी, हात र खुट्टामा चोट लागेको छ ।

अन्य

भिडियो