INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

७१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मधुवन नगरपालिका-४ का ६४ वर्षीय मङ्गाराम थारुलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ पुस ८ गतेको इजालसले कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय, ३ लाख ५० रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

महिलालाई ०८० जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, ढोढरीमा उजुरी दिएको थियो । थारुलाई प्रहरीले जेठ १३ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो