INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात कैद सजायको फैसला

६८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका-११ का ३३ वर्षीय रामकिसुन चौधरीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ पुस ८ गतेको इजालसले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

महिलालाई ०८० माघ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो । चौधरीलाई प्रहरीले माघ २० गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २० गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो