INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा खाँडाचक्र नगरपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४२ वर्षीय खेमराज शाही विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ पुस ५ गते उजुरी दर्ता भएको छ ।

विद्यालयमा कलम लिएर नआएको निहुमा आरोपित शाहीले पुस ४ गते विद्यालयमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । घटनाका आरोपित विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताउनु भयो ।

घाइतेको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।

अन्य

भिडियो