६५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–१ का ५३ वर्षीय कुलबहादुर विकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको पुस २ गतेको इजलासले दोषी ठहर गर्दै बिकलाई १२ वर्ष ६ महिना कैद सजाय, ३ लाख ५० हजार रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
पीडित महिलालाई विकले ०८० भदौ २९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ३० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो । प्रहरीले विकलाई भदौ २९ गते गिरफ्तार गरेको थियो ।