१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५५ वर्षीय फुपाजुलाई ०८१ मङ्सिर २८ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर २८ गतेको इजालसले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र सात लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।
बालिकालाई ०८० असोज ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले फुपाजुलाई असोज १२ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज ११ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।