INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बढैयाताल गाउँपालिका–८ का ४४ वर्षीय बाबुराजा थापालाई ०८१ मङ्सिर २८ गते जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर २८ गतेको इजालसले कसुर ठहर गर्दै जन्मकैदको सजाय, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र ७ लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको अदालतका श्रेस्तेदार कपिल पौड्यालले जानकारी दिनुभयो ।

बालिकालाई ०७९ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले थापालाई फागुन २ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो