१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले तानसेन नगरपालिका–७ का ६४ वर्षीय बुद्धिराज नेपाललाई नौ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ मङ्सिर १७ गतेको इजलासले नेपालीलाई नौ महिना कैद सजाय, १५ हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो ।
नेपालीले पीडितलाई ०७९ माघ २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । नेपालीलाई प्रहरीले माघ २९ गते नै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते पाल्पा अस्पतालमा गरिएको थियो ।