भिमदत्त नगरपालिका–४ गोबरैयाकी ३८ वर्षीया जयन्ती भट्टलाई कुटपिट गरी घाइते बनाएकोे आरोपमा पीडित पक्षले ४४ वर्षीय पति पृथ्वी भट्ट विरुद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस, महेन्द्रनगरमा कार्यरत उपप्रध्यापक पृथ्वीराज भट्टले पत्नी जयन्ती भट्टलाई मरणाशन्न हुने गरेर कुटपिट गरी गम्भिर घाइते बनाएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

यसअघि पनि प्रध्यापक भट्टले पत्नीलाई कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा छलफल गरी दुबै पक्षबीच मिलापत्र गरेर पठाइको र हाल आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी चक्रराज जोशीले बताउनु भयो ।
पतिको कुटपिटबाट टाउँको, हात र छातीमा चोट लागेर गम्भिर घाइते हुनुभएकी पीडित महिलाको महाकाली प्रदेशिक अस्पतालमा उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल, धनगढीमा थप उपचार भइरहेको पीडितका भदु बसन्त भट्टले बताउनु भयो ।