१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका-४ का २८ वर्षीय घनश्याम दाहाल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर २ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर २ गते उजुरी दिएको थियो । कक्षा ५ मा अध्ययनरत पीडित विद्यालयबाट फर्किरहेका बेला बाटोमा आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरी घटनाका आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले जानकारी दिनुभयो । आरोपित हालसम्म फरार रहेका छन् ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते जिल्ला स्वास्थ्य कार्यालयमा भएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रुपेश संग्रौलाले जानकारी दिनुभयो ।