INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादमा प्रतिक्षालाई आरोपितले कात्तिक २१ गते राति बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट घाइते भएकी प्रतीक्षालाई छिमेकीले उपचारका लागि सोही राति दमौली अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अशोक थापाले बताउनु भयो । शवको पोष्टमार्टम कात्तिक २२ गते दमौली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो