INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु

प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका–५, ठाकुरापुरका २१ वर्षीय नसिर उद्दिन खाँले कात्तिक २० गते बिहान इलाका प्रहरी कार्यालय, गणेशपुरको हिरासतको शौचालयमा पासो लगाई आत्महत्या गरेका हुन् ।

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक १५ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको थियो । अघिपछि सामान्य अवस्थाका रहेका मृतक खाँ कात्तिक १९ गते साँझ दिदी आएर भेटेर फर्किएपछि तनावमा रहेको र भोलि पल्ट कात्तिक २० गते विहान शौचालयमा झ्यालको जाली च्यातेर गम्छाले पासो लगाएर झुण्डिएको अवस्थामासँगै बसेका थुनुवा शौचालय जानेक्रममा देखेर चिच्याएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

शवको पोष्टमार्टम कात्तिक २० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरी सोही दिन मृतकका काका विजयनगर गाउँपालिका-५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले बुझी अन्तिम संस्कार भइसकेको छ ।

अन्य

भिडियो