INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प पीडितको चिन्ताः घर पाउन नै मुस्किल

गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन भएका नागरिकलाई घर पाउन मुस्किल भएको छ । भूकम्पले घर भत्किएर धनजनको क्षति भएपछि विचल्लीमा परेका गरिव, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिक समस्यामा परेका छन् ।

Photo27102024Jajarkot

भेरी नगरपालिका–१ का पूर्ण रावतले भूकम्पले घर भत्किएपछि परिवार गुमाउनुको पीडा भइरहेका बेला सुरक्षित आवास नपाउँदा टहरामै चाडपर्व मनाएको बताउनु भयो । सरकारले दिएको अनुदान सहयोगबाट पहिलो किस्ता पाएपछि दोस्रो किस्ता आयो भने दिने सर्तमा साहुबाट कर्जा लिएर निर्माण गरेको टहरामा दिनरात बिताउनु परेपछि उहाँ बताउनुहुन्छ । न्यानो घरमा कहिले बसौँला भन्ने चिन्ता छ उहाँलाई ।

सरकारले दिने भनेको दोस्रो किस्ता पनि भूकम्प गएको एक वर्ष भए पनि उक्त रकम पाउन सकिएको छैन । पुननिर्माण हुने कुरा सपना जस्तै हुन थालेको उहाँको भनाइ छ । गाउँमा ज्यालामजदुरी पाइँदैन । काम खोज्दै भारत जानु पर्छ । मजदुरी गर्ने ठाँउ छैन । ‘सबै क्षेत्रबाट दुखीलाई साथ दिने कोही नहुँदा गरिव, दलित, पीडितलाई चाडपर्व आउनु भन्दा नआएकै राम्रो हुन्थ्यो’ – उहाँले भन्नुभयो ।

साहुबाट कर्जा लिएर बनाएका अस्थायी आवासमा वर्षामा पहिरोको त्रासले सुत्न सकेका छैनन् । हिउँदको चिसो भोक भोकै बस्दा चाडपर्वको रौनक देखिएको छैन । अर्का भूकम्प पीडित बीरबहादुर बादीले अस्थायी आवासको बाँस, ज्यालामजदुरीको गाँसले गुजारा टारेको बताउनु भयो । नागरिकको लागि खान र सुरक्षित बस्ने दिन कहिलो आउला भन्ने चिन्ता छ उहाँलाई । सुरक्षित आवासमा बसेर ज्यालामजदुरीबाट आएको आम्दानीले परिवारमा खुसी ल्याएका परिवारलाई घर पाउन मुस्किल भएको छ ।

गाउँघर नै सुनसान भएपछि तिहारको रौनक छैन । भूकम्पले घर भत्किएको परिवारका सदस्य गुमाएको थाहा छ । तरपनी अस्थायी आवास निर्माणका लागि दिने दोस्रो किस्ता रकम निकासाका लागि सरकारको झन्झटीलो प्रक्रिया भएका कारण एक वर्षसम्म पनि पाउन नसकेको उहाँले बताउनु भयो ।

भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीले कार्यविधिमा उल्लेख भए अनुसारको विवरण विपद् पोर्टलमा नराख्दा समस्या आएको बताउनु भयो । आफूहरूले प्रक्रियागत रूपमा भूकम्पले घर भत्किएर पीडित भएका नागरिकको घर निर्माणको कार्यलाई तिव्रता मिलाउने प्रयास गरेको उहाँले जानकारी दिनुभयो । दोस्रो किस्ता रकम वितरण गरे लगत्तै पुननिर्माणको कामलाई अघि बढाउने उहाँको भनाइ छ ।

अन्य

भिडियो