३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका–२ का ३८ वर्षीय विकाउ यादवविरुद्ध ०८१ कात्तिक ५ गते पीडित पक्षले जिला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभयो ।
पीडितलाई आरोपित यादवले ०८१ असोज २४ गते बलात्कार प्रयास गरेको भन्दै कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।
घटनापछि आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।