सरावल गाउँपालिका-५, बडहराकी ४२ वर्षीया विद्यादेवी चौधरीको हत्या गरेको आरोपमा पति ३७ वर्षीय रामवरण थारुलाई प्रहरीले ०८१ असोज ३० गते गिरफ्तार गरेको छ ।
पीडित महिला असोज २९ गते खेतमा काम गरिसकेर खाना खाइ अत्यधिक गर्मीका कारण घरमा पङ्खा चलाई कोठामा आराम गरिरहेको बेला आरोपितले शिशौको लाठी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइतेको रुपन्देही जिल्लाको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्दै पीडित पक्षले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । शव पोष्ट मार्टमको लागि जिल्ला अस्पतालमा लगिएको छ ।