गोकर्णेश्वर नपा-८ बेशीगाउँस्थित सडकमा सोही ठाउँका ४५ वर्षीय अभियन्ता पुण्य गौतममाथि असोज २१ गते रड प्रहार गरेको आरोपमा प्रहरीले असोज २२ गते काभ्रे तेमाल घर भई हाल भक्तपुरको च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भनिने सञ्जीव तामाङ र असोज २३ गते रसुवा घर भई हाल गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय दिलबहादुर गङदाङलाई गिरफ्तार गरेको छ ।
गौतमलाई घाइते बनाएर ‘फरार’ रहेका उनीहरुलाई प्रहरीले असोज २४ गते सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।
प्रहरीले उनीहरुबाट एउटा रड र तीन ओटा मोबाइल बरामद गरेको जनाएको छ । उनीहरुमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेकाले घाइते भएका गौतमको उपचार नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।