भानु नपा–१ बोटेगाउँकी ३६ वर्षीया पुर्णमाया बोटेलाई असोज २१ गते राति डोरीले घाँटीमा कसी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति पन्चबहादुर बोटेलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई पन्चबहादुरले असोज २१ गते राति छिमेकीलाई ‘मेरो पत्नीको मृत्यु भयो’ भनेर घरमा बोलाएर आफू भागेको प्रहरी चौकी भन्सारका असई चेतनाथ अधिकारीले बताउनु भयो । मृतकको घाँटीमा निलडाम देखिएको र नजिकै डोरी भेटिएको असई अधिकारीले जानकारी दिनु भयो ।
घटनापछि भागेका आरोपितलाई गोर्खा जिल्ला पालुङटार नपा–७ बिरुवाटारबाट असोज २२ गते बिहान गिरफ्तार गरिएको असई अधिकारीले बताउनु भयो । शव पोष्टमार्टमका लागि असोज २२ गते दमौली अस्पताल पुर्याइएको छ ।