INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले माई नगरपालिका-४ का ३२ वर्षीय दुर्गाबहादुर भट्टराईलाई १२ वर्षको कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको ०८१ असोज १६ गतेको इजलासले कैद सजायसँगै २ लाख रुपैयाँ पीडितले पाउने गरी कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको छ ।

बालिकालाई ०८१ असार १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

आरोपितलाई प्रहरीले ०८१ असार १७ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ असार १७ गते गरिएको थियो।

अन्य

भिडियो