INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–३ सुन्धाराका २६ वर्षीय शिव श्रेष्ठलाई असोज १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले सोही दिन पोखरीछाप प्रहरी चौकी घिरिङमा उजुरी दिएपछि उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको पोखरीछाप प्रहरी चौकीका प्रहरी हवल्दार उमेशकुमार यादवले जानकारी दिनु भयो । पीडितको स्वास्थ्य परीक्षण नभएको हवल्दार यादवले बताउनु भयो ।

अन्य

भिडियो